Logo
१० मंसिर २०८१, सोमबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी जागिरसंगै कलाकारितामा प्रवेश गरेका मेहता पृथक परिचय बनाउँदै

कामठमाडौँ : पछिल्लो समय कलाकारितामा समेत प्रवेश गर्दै पृथक परिचय बनाएका झोटन मेहताले एक पछि अर्को म्युजिक भिडियोहरु ल्याउन सफल भएका छन् । ‘हाम्रो साझा नेपाल’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गर्दै कलाकारितामा प्रवेश गरेका मेहताको एक दर्जन भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।

नेपाल प्रहरीमा आफ्नो जागीरे जीवनबाट बचेको समयलाई सदुपयोग गर्दै रचना, संगीत र अभियन क्षेत्रमा क्रियाशील रहेका मेहता हाल काठमाण्डौ स्थित परराष्ट्र पार्सपोर्ट बिभिागको सुरक्षा शाखामा कार्यरत रहेका छन् । मधेशी समुदाय अन्तरगत कुशवाहा जातका मेहता सुनसरी इनरुवा नगरपालिका वडा नं ५ (तत्कालीन बबिया–२) का निवासी हुन् । उनको अहिले ‘जन्म दिने आमा’, ‘अब भेट हुन्न हाम्रो’, ‘क्षितिज पारी’ लगायतका गितहरु निकै बढी चर्चामा छन् ।

मेहताको परिचय :
२०३२ सालमा माता सुनरवती मेहता र पिता परमानन्द मेहताका दोस्रो सुपुत्रका रुपमा जन्मिएका झोटन सानैदेखि खेलकुद रुचि राख्दथे । खेलकुदकै माध्यमबाट कक्षा ९ मा पढ्दापढ्दै उनले नेपाल प्रहरीमा आवेदन फर्म भरे, उनको नाम निस्कियो । उनी भन्छन् –‘म हलो जोत्दै पढ्दै गर्दै थिएँ, पुलिसमा आवेदन दिएँ, नाम निस्कियो। हलो जोत्न छाडेर पुलिसमा प्रवेश गरेको हुँ ।’ प्रहरी जवानबाट आफ्नो राष्ट्र सेवाको काम सुभारम्भ गरेका मेहता हाल प्रहरी सहायक निरीक्षकका रुपमा नारायहिटी गुल्मअन्तर्गत कार्यरत छन् ।

आफू सामान्य किसान परिवारबाट आएको बताउने झोटन खेलकुदका माध्यमबाट नेपाली प्रहरी सेवामा कार्यरत रहने अवसर जुरेको खुशी व्यक्त गर्दछन् । उनी विगत सम्झँदै भन्छन् –‘ मेरो खेलकुदका गुरु बसिर अन्सरी हुनुहुन्छ, उहाँकै कारणले गर्दा म यहाँसम्म आइपुगेको हुँ । ’ झोटनले वलाहा–९ अवस्थित शारदा माविमा कक्षा ५ सम्म अध्ययन गरेका हुन् भने वि।सं। २०५५ मा उनले एसएलसी पास गरी प्लसटु सुनसरी बहुमुखी क्याम्पसबाट गरेको उनले बताए ।

झोटनले केही समय धरानको दिपेन्द्र बोर्डिङ स्कुलमा समेत काम गरेँ, सो अवधिमा पवित्रा मगरसँग मायाप्रेम बसेको र आफूले वि।स। २०५६ सालमा अन्तरजातीय विवाह गरेको बताउँछन् । उनका हाल दुई छोराहरू प्रेमकुमार र देवकुमार मेहता रहेका छन् ।
सांगीतिक क्षेत्रमा प्रवेशका बारेमा उनीसँग प्रश्न सोध्दा उनी भन्छन् ‘मेरो बुबा गाउँघरकै नामुद संगीतकार हुनुहुन्थ्यो, गाउँमा भजनकीर्तन गर्दै हिँड्दा म पनि सँगै जाने गर्दथेँ । कहिलेकाहीँ तबला बोक्ने गर्थे, कहिले हार्मोनियम बोक्थेँ । संगीतिक घरायसी वातावरणकै कारण सानैदेखि संगीतमा रुचि थियो तर अवसर मिलेको थिएन ।’

‘म आफ्नो ड्युटको समय सकेपछि आफ्नो बचेको समयमा साहित्य, सिर्जना र अन्य कामहरू गर्ने गर्दछु ।’ मेरो विचारमा संगीतले मानिसलाई जीवन जिउने शैली सिकाउँछ, आखिर मरेपछि लानु केही रहेनछ– कीर्ति र ऐस भन्ने चिज चाहिँ जीवनपर्यन्त पनि अमर बनाउँदो रहेछ भन्ने मेरो व्यक्तिगत बुझाइ छ, झोटन भन्छन् । भावी योजनाका बारेमा सोध्दा उनी भन्छन् –‘मैले अब फौजी जीवनमा नै आधारित म्युजिक भिडियो बनाउने तर्खरमा जुटेको छु, अहिले ।’

“जिम्मेवारी निभाउँदैछु नेपाल आमाको झल्झल याद आउँछ बाबाआमाका…” बोलको गीतमा शब्द झोटनले आफ्नै शब्द÷संगीतमा निर्माण गर्दैछन् । जुन गीतमा स्वर टंक बूढाथोकीको रहनेछ । उनले दशैँ अगाडि यसको म्युजिक भिडियो स्रोतमाझ ल्याउने बताउँछन् ।
गीत लेखन, संगीत र अभियन, निर्देशन जस्ता विभिन्न क्षेत्रमा आफूलाई डो¥याउँदै अगाडि बढ्ने झोटन व्यक्तिलाई भन्दा पनि टिममा बसेर काम गर्न बढ्ता रुचाउँछिन् । क्षितिज पारी र असल श्रीमती टेलिसिरियल, ‘अब भेट हुन्न हाम्रो’ म्युजिक भिडियो निर्देशन गरेका छन् भने हाम्रो साझा नेपाल, जन्मदिने आमा म्युजिक भिडियो निर्माण गरिसकेका छन् । त्यसैगरी नेपाल प्रहरीद्वारा प्रस्तुत कार्यक्रम ‘प्रहरी अनुरोध’ अनुरोधमा पनि उनले अभिनय गरिसकेका छन् ।

त्यस्तै, उनले मैथली भाषाको म्युजिक भिडियो ‘हामरा अकेले मन नै लगै है’मा पनि आफ्नो कुशलता प्रस्तुत गरिसकेका छन् । निकट भविष्यमा उनी चेलनामुलक सिरियल निर्माण गर्ने सोचमा छन् । अनावश्यक समय खेर फाल्नुभन्दा संगीत क्षेत्रमा समर्पित भएर आफ्नो सिर्जनालाई दर्शकस्रोता सामु पु¥याउने उद्देश्य राखी अनवरत रुपमा गीतसंगीत क्षेत्रमा लाग्ने सोचका साथ उनी अगाडि बढिरहेका छन्, हाम्रो पनि शुभकामना झोटललाई ।

‘डिक्रेजी क्रु’ नाम टिम लिडर समेत रहेका मेहताको टिममा शान्ता प्रसाई थेवे, अजय गोले, निमेश श्रेष्ठ, दिपिक्षा श्रेष्ठ, मनोज तामाङ्ग, सिजन तमाङ्ग, विजय लामा लगायतका यूवाहरु रहेका छन् । ‘आफूलाई यो टिमले नै कालाकारितामा परिचित गराएको र हालसम्म सफल बनाइरहेको’ मेहताको भनाइ रहेको छ । महिला अधिकारर्की रुपमा प्रख्यात समेत रहेकी शान्ता उक्त समुहकी मोडेल हुन् । बिभिन्न चलचित्र, टेलिशृखला, म्युजिक भिडियोमा महत्वपुर्ण भूमिका निर्वाह गरकी शान्ता पछिल्लो समय मोडेलको रुपमा उक्त टिममा प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्