Logo
२ मंसिर २०८१, आईतबार
(August 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्धन्द्धग्रस्त इराकको अर्को परिचय : शरणर्थीहरुका लागि फेसन शो (फाेटाे-फिचर)

इराक भन्ने बितिक्कै हाम्रो मानस्पटलमा बमबारी, आत्माघाती हमला, कयौँको मृत्यु र घाइतेहरुका कुरा मात्रै सम्झनामा आउँछ । विश्वका धेरै जसो समाचार एजेन्सीहरुले मध्यपूर्वको यो मुस्लीम बाहुल्य देशबारे नकारात्मक समाचार मात्रै प्रकाशन प्रशारण गर्ने गर्दछन । भलै इराकका अरु पाटाहरु सधै ओझेलमा पर्दछन । द्धन्द्धग्रस्त इराककमा पनि फेसन शोका कार्यक्रमहरु हुन्छन भन्ने समाचार सुन्दा सबैलाई अचम्म लाग्न सक्छ के समाचार सत्य हो ? हो इराकको अर्को परिचय भनेको त्यहाँका सुन्दर मानिसहरु पनि हुन ।

त्यहाँ फेशन शोका कार्यक्रमहरु हुन्छन । उसो त मानव सभ्यताको सुरुवात पनि इराकबाटै सुरु भएको इतिहास साक्षी नै छ । सारा इडेन, पाँच फिट सात इन्च अग्ली २७ वर्षीय इराकी सुन्दरी हुन । इडेन मिस युनिभर्स २०१७ मा इराकको तर्फबाट प्रतिनिधित्व गर्ने सुन्दरी हुन । इडेनले प्रतियोगितामा सहभागी जनाए पछि विश्वमा इराकको सुन्दरी प्रतियोगिताबारे चर्चा चुलिएको हो ।

अंग्रेजी र अरेबीक भाषाको ज्ञान भएकी इडेन अमेरिकाबाट संगीतमा डिग्री हाँसील गरेकी सुन्दरी हुन । मध्यपूर्वका द्धन्द्धग्रस्त मुलुकका शरणर्थीहरुका लागि मानवीय सेवाका कार्यमा इडेन सक्रिय छिन । अन्तराष्ट्रिय मनाेरञ्जन एजेन्सीकाे सहयाेगमा तयार पारीएकाे फाेटाे सामाग्री यहाँ प्रस्तुत गरिएकाे छ ।

प्रकाशित मिति: Aug 24, 2018

प्रतिक्रिया दिनुहोस्