राजमार्ग अवरुद्ध हुँदा हजारौँ मालबाहक कन्टेनर रोकिए
काठमाडौँ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ । सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो राजमार्ग खुलाउन आग्रह गरिएको महासङ्घका अध्यक्ष नरेश कटुवालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
“नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका कारण अर्बौँ रुपैँया बराबरको सामान नेपाल भित्रिन नसकेकाले व्यवसायी मारमा परेका छन्,” विज्ञप्तिमा भनिएको छ । व्यवसायीले बैँक तथा वित्तीय क्षेत्रबाट चर्को व्याजदरमा रकम लिएर लगानी गरेका ती सामान नेपालमा भित्रिन नसक्दा हजारौँ व्यवसायी ठूलो मर्कामा परेका र कच्चा पदार्थ रोकिँदा उद्योगलाई समेत समस्या परेको जनाइएको छ ।
नेपालको आर्थिक समृद्धिको मुख्य आधारशिलाका रूपमा रहेको एक मात्र रसुवागढी नाका बन्द हुँदा हजारौँ व्यवसायी, उद्योगी, मजदुर, यातायात व्यवसायीलाई समेत असर परेको उल्लेख छ । रसुवाको राजमार्ग साउन ११ गते परेको भारी वर्षाका कारण पहिरो गएर अवरुद्ध भएको थियो ।
मुख्य चाड पर्वलार्इ लक्षित गर्दै चीनबाट अर्बौँ लगानीमा भित्र्यार्इएकाे लत्ता कपडा लगायतका समाग्री यतिबेला टिमुरे नाकामै अड्किएका छन् । श्रावण ९ गते रातीकाे पहिराेले भत्कीएकाे राजमार्ग सञ्चालनमा नअाउँदा नेपालीका चाडपर्व बाेकेका कन्टेनरहरूकाे ३ किलाेमिटर लामाे लाम लागेकाे छ ।
चाडपर्व लक्षित सपिङ राजधानी लगायतका सहरमा सुरू हुनै लाग्दा व्यवसायिका सामान भने टिमुरे नाकामा कन्टेनरमा छन् । सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर मर्कामा परेकाे भन्दै व्यटाे राजमार्ग खुलाउन आग्रह गरेका छन् ।
नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका कारण अर्बौँ रुपैँया बराबरको सामान नेपाल भित्रिन नसकेकाले व्यवसायी मारमा परेका हुन् ।