Logo
४ मंसिर २०८१, मंगलबार
(August 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कन्चनपुरमा नयाँलाई जिम्मेवारी : सिडियोमा तारानाथ, प्रहरी प्रमुख कुवेर

गृह मन्त्रालयले कन्चनपुरको प्रहरी प्रमुखमा कुवेर कठायत र जिल्ला प्रशासन प्रमुखमाम तारानाथ अधिकारीलाई पठाएको छ । तारानाथ अधिकारी केही समय अघिमात्र कास्कीको सिडियोबाट कारागार विभागमा सरुवा भएका थिए । कठायत यसअघि महोत्तरीको प्रमुख थिए।गृह मन्त्रालयमा आज बसेको मन्त्रीस्तरीय बैठकले कन्चनपुरका जिल्ला प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ।

कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकाको प्रहरीले नक्कली अभियुक्त उभ्याएको भन्दै विरोध प्रदर्शन भएपछि सरकारले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डिएसपी ज्ञानबहादुर सेटीलाई तत्काल जिम्मेवारी मुक्त गरी काठमाडौं झिकाइएको छ ।

 

प्रकाशित मिति: Aug 23, 2018

प्रतिक्रिया दिनुहोस्