बाराणसीमा बस दुर्घटना, ४० नेपाली तीर्थयात्री घाइते
भारतको उत्तरप्रदेश स्थित बाराणसीमा बस दुर्घटना हुँदा ४० नेपाली तीर्थयात्री घाइते भएका छन् । प्रहरीका अनुसार सुनसरीको दुहबीबाट गएका तीर्थयात्रीहरुले बिहारबाट निजी गाडी रिजर्भ गरेका थिए ।
चालकले तीव्र गतिमा रहेको मोटरसाइकललाई बचाउने क्रममा बस दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । बसमा ४६ जना थिए । घाइतेहरुलाई दिनदयाल उपाध्याय अस्पताल भर्ना गरिएको छ ।
बोलबम यात्रामा भाग लिन तिर्थयात्रु त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष हजारौंको संख्यामा नेपाली तिर्थयात्रुहरु भारतको बिभिन्न तिर्थथालयहरुमा पुग्ने गरेका छन् ।