Logo
१० मंसिर २०८१, सोमबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागपञ्चमीका अवसरमा टौदहमा पूजा गर्न आउने भक्तजनको भिड

काठमाडौँ :कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ । कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा गर्न आउने भक्तजनको भिड लागेको छ ।

भक्तजनले दूबो, फूल, अक्षतालगायत सामग्रीले नागलाई पूजा गरी दूधको अर्घ दिने र दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेको नयाँ फल चढाउने गर्छन् । साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो ।

नागपञ्चमीमा उक्त स्थानमा आएर नागका अष्टकूल अर्थात अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा आराधना गरेमा घर परिवारमा नागको भय नहुने र लक्ष्मीको बास हुने जनविश्वास रहेको स्थानीयवासी किरण केसीले बताए। यहाँ साँझसम्म नागको पूजा गर्न भक्तजन आउने उनले जानकारी दिए ।

पानी र वर्षाका देवताका रूपमा पूजा गरिने नागको संझनामा आज दिनभर व्रत बस्ने र सूर्यास्त भएपछि नागको पूजा गरी खीर खाने गरिन्छ । नक्सालको नागपोखरी, ललितपुरस्थित धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका विभिन्न नागदहमा आज मेला लागेको छ ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्