Logo
१२ आश्विन २०८१, शनिबार
(August 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनाङेद्वारा गुण्डागर्दी गरेर करोडौं असुल गरेको कुरा अस्वीकार

dipak manange

काठमाडौं १७ साउन  । गुण्डा नाइके भनिएका  दिपक मनाङेले आफूले गुण्डागर्दी गरेर करोडौं असुल गरेको कुरा अस्वीकार गरेका छन् । ३३ दिनदेखि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका मनाङलेलाई प्रहरी अधिकारीहरुले लगातार सोधपुछ गरेपनि उनले गुण्डागर्दीको आरोप अस्वीकार गरेका हुन् ।

गत असार १६ गते उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले धम्क्याएर असुल गरेको रकम सहित ठमेलबाट पक्राउ गरेको थियो । संगठित अपराध विरुद्धको मुद्धा दर्ता गरेर मनाङेमाथि अनुसन्धान शुरु गरेपनि काठमाडौं प्रहरीले हालसम्म मनाङे संलग्न भएको ठोस प्रमाण फेला पार्न सकेको छैन ।

प्रकाशित मिति: Aug 1, 2016

प्रतिक्रिया दिनुहोस्