Logo
१ मंसिर २०८१, शनिबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना

रत्ननगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गेका छन् ।

चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहेका भरतपुर नगरपालिका–१० स्थित सिर्जनाचोकमा बस्दै आउनुभएका ७० वर्षीय पौडेललाई आज भेटघाट गरी अध्यक्ष दाहालले सरकारी सहयोगका लागि आवश्यक पहल गर्ने आश्वासन दिए ।

विसं २०३४ मा नेकपाको सदस्यता लिनुभएका पौडेललाई २०३६/३७ सालतिर दाहालले नै संगठित गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)का संस्थापक सदस्य पौडेल पूर्वगाविस अध्यक्ष र दिवाकर बालग्राम माडीका संस्थापक सदस्य हुन् ।

विसं २०४७ को पार्टी एकीकरणपछि उनि संयुक्त जनमोर्चाको जिल्ला सल्लाहकार भएका छोरा टुकनारायण पौडेलले जानकारी दिए । आज भेटघाटका क्रममा उहाँहरुले विगतका राजनीतिक अभियानका दुःखसुख साट्नुभएको छोरा टुकनारायणले जानकारी दिए । “राजनीतिक अभियानका क्रममा गाएका गीत बुबाले सम्झाए, अध्यक्ष दाहालले पनि साइकल चढेर माडी पुगेको अनुभव स्मरण गरे”, टुकनारायणले भन्नुभयो । उहाँको तीन अंशमध्ये जेठो छोरा सन्देश पौडेलको अंश पार्टीलाई दिइएको थियो ।

चार महिनादेखि भारतको राजीवगान्धी अस्पताल र चितवनको क्यान्सर अस्पतालमा उपचार भएपछि केही स्वास्थ्यमा सुधार भएकाले अहिले उनि घरमा नै आराम गरिरेका छन् ।

यसैबीच शनिबार चितवन आउनुभएका अध्यक्ष दाहाल पार्टी कार्यकर्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग विकास निर्माण र राष्ट्रिय राजनीतिका विषयमा छलफल तथा आन्तरिक कार्यक्रममा सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्