Logo
१५ मंसिर २०८१, शनिबार
(August 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करोडौं खर्च भए पनि सप्तरीको विरेन्द्र बजारको खानेपानी योजना अधुरै

राजविराज : सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताए । उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग गरी खानेपानी योजनाको काम अधुरै छाड्दा स्थानीयवासी शुद्ध पानी पिउनबाट वञ्चित हुनुपरेको उनले बताए ।

उपभोक्ता समिति र कर्मचारीको लापर्बाहीका कारण गुणस्तरीय काम नभएको स्थानीयवासीको आरोप छ । प्लाष्टिक पाइप बेलाबेलामा फुट्ने गरेको छ । पानी नछानिकनै धारामा वितरण गर्ने गरिएको छ । स्थानीयवासी दूषित पानी खान बाध्य छन् । उपभोक्ताले रु एक हजार ५०० धरौटी तिरेर धारा जडान गरेका हुन् । उनीहरुले मासिक रु २०० शुल्क उपभोक्ता समितिलाई बुझाउँदै आएका छन् । उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङले सो योजनाको आयव्यवबारे आफूलाई जानकारी नभएको बताए ।

प्रकाशित मिति: Aug 10, 2018

प्रतिक्रिया दिनुहोस्