Logo
१ मंसिर २०८१, शनिबार
(August 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासकीय अदालतसम्बन्धी विधेयक विधायन समितिमा

काठमाडौँ :  राष्ट्रियसभाको बुधबारको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफाबार छलफलको लागि विधायन समितिमा पठाएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसम्मतिले समितिमा पठाउने निर्णय गरेको हो । 

 यस्तै बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते सोमबार ११ बजे बस्नेछ ।

प्रकाशित मिति: Aug 8, 2018

प्रतिक्रिया दिनुहोस्