प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नाम सिफारिस गर्न बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित्
काठमाडौं, २३ साउन : आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। अब अर्को बैठक कहिले बस्ने हो त्यसको टुङ्गो भने लागेको छैन।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् परिषदका सदस्य शेरबहादुर देउवाका कारण बैठक स्थगित् भएको स्रोतको दाबी छ । देउवा उपचारका लागि आजै सिंगापुर जाने कार्यक्रम छ ।
प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि बस्ने भनिएको संवैधानिक परिषद्को बैठक अर्को मितिसमेत तय नगरी स्थगित भएको हो।