महासमिति बैठकलाई लिएर कांग्रेसमा भाँडभैलो, देउवासँग पौडेल रिसाए !
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला भाँडभैलो मच्चिएको छ । पार्टीको महासमिति बैठक यही आउने भदौमा गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाब छ । तर, सभापति शेरबहादुर देउवा भने महासमिति बैठक दशैं वा तिहारपछिमात्रै गर्ने पक्षमा पुगेका छन् ।
देउवाले महासमितिको बैठक डाक्न ढिलाई गर्ने छनक पाएपछि बरिष्ठ नेता पौडेल समूह यतिवेला सभापतिसँग असन्तुष्ट छ । यही विषयलाई लिएर नेता पौडेलले सभापति देउवालाई भेटेरै भदौमै बैठक राख्न आग्रह गरेका छन् ।