Logo
१ मंसिर २०८१, शनिबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक भोलि बस्दै

काठमाडौं : नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक बुधबार बस्ने भएको छ।
यसअघि परिषद्ले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनुवाइ समितिले उनलाई अस्वीकृत गरिदियो।

फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च नेतृत्वविहीन भएको छ।
बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन्। प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको हुनुपर्छ । यी दुई जनाबाहेक बाँकी न्यायाधीशले सर्वोच्चमा काम गरेको तीन वर्ष पुगेको छैन।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भोलिको बैठकबाट प्रधानन्यायाधीश सिफारिश हुने बताएका छन्।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्