श्रीमतीलाई १०-१२ दिनमा बलात्कार गर्ने गरेको आरोपमा श्रीमान् पक्राउ
झापा स्थित श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । श्रीमातीले जाहेरीमा श्रीमानले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् ।
बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमान्लाई पक्राउ गरिएको हो । उनले श्रीमान् १०-१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जनाएका छिन् ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमान्माथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।