Logo
१४ मंसिर २०८१, शुक्रबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक जना पक्राउ

राजविराज : बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताएका छन् ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

सप्तरी जिल्ला अदालतले फरार प्रतिवादी दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाइएको थियो । पक्राउ परेका उनलाई आजै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्