Logo
१४ मंसिर २०८१, शुक्रबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव बेचबिखनविरुद्ध हस्ताक्षर अभियान सम्पन्न

इटहरी : मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा श्रमिक महिला साझा मञ्च इटहरीको सक्रियतामा सोमबार विशेष जनचेतनामूलक ¥यालीसहित हस्ताक्षर अभियान सम्पन्न भएको छ ।

मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित इटहरी उपमहानगरपालिका अगाडिबाट निक्लिएको जनचेतनामूलक ¥याली शहरको विभिन्न स्थानको परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।

कोण सभामा माइती नेपालको इटहरी स्थित केन्द्रकी संयोजक सुनिता केसीले मानव बेचबिखन समस्याको नियन्त्रण र न्यूनीकरणमा समाजका सबै वर्गको हातेमालो हुनुपर्ने बताए ।

श्रमिक महिला साझा मञ्चकी अध्यक्ष लीला भुजेलको अध्यक्षतामा भएको कोणसभामा दिलकुमारी राईलगायतका अभियानकर्मीले मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसलाई एक दिनको रुपमा सीमित नगरी नियमित रुपमा निगरानी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्