अन्तरघातले गर्दा पार्टी कमजोर भयो: सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र गुट उप-गुट व्याप्त रहेको बताएका छन । उनले एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण नेपाली कांग्रेस कमजोर बनेको उनको भनाइ छ ।
डेमोक्र्याटिक लयर्स एशोसिएशनको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गरे।
‘पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन। यो रोग निधान गर्न म प्रतिबद्ध छु’, देउवाले भने।
सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण विरोध गर्नु परेको दाबी गर्दै उनले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरे।