डोमको घरमा हाते कलको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले समाए झाडु
जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले मधेशी समुदायमा निकै पिछिडिएको जाच अन्तरगत आउने डोमको घरमा हाते कलको शिलान्यास र झाडु लगाउँदै खानेपानी तथा स्वच्छता अभियानको आरम्भ गरेका छन् । धनुषाको लक्ष्मिनियाँ गाँउपालिका ३ बनिगामा स्थानयि कुसे मल्लिक डुमको घरमा खानेपानीका लागि हातेकलको शिलान्यास र झाडु लगाएका हुन् ।
परड्याप्स संस्थाको तत्वाधानमा वडा नं. ३ मा संचालित खानेपानी योजनाको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार विकासका साथसाथै समाजिक रुपान्तरणलाई मुख्य आधार बनाएर अगाडी बढि रहेको बताउनु भयो । स्वच्छता र शिक्षा विकासको मुल आधार रहेको बताउँदै मुख्यमन्त्री राउतले यसमा लाग्न सर्वसाधारणसंग आग्रह समेत गर्नु भयो ।
उनले आगामी चुनावबाट बन्ने प्रदेश सरकामा ५० प्रतिशत महिलाको सहभागित हुने बताए । त्यस्तै निजामति कर्मचारी तर्फ पनि महिला सहभागिताको संख्या बढाउन प्रदेश सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री राउतको भनाई छ ।
वडा नं. ३ मा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सञ्चालित आयोजन अन्तर्गत १ करोड ८ लाख ४४ हजार बजेटमा १ सय ४२ वटा हातेकल गाडिने छ ।
उक्त समारोहमा प्रदेश नं. २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा , फोरमका नेता शेषनारायण यादव लगायतको उपस्थिति रहेको थियो । यस खानेपानी आयोजना अन्तर्गत १४२ वटा चापाकलका साथै स्वच्छता संग सम्बन्धित विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिने छ ।