१४ वर्षपछि सम्बन्ध विच्छेद गरेका ऋतिक र सुजैन फेरि विवाह गर्दै !
काठमाडौं : बलिउड स्टार ऋतिक रोशन र सुजैन खान पुन: विवाह गर्ने चर्चाले यतिबेला बलिउड तताएको छ। नायक ऋतिकले आफ्नी बचपनकी साथी सुजैनसँग सन् २००० डिसेम्बर २० मा विवाह गरेका थिए। वैवाहिक सम्बन्धको १४ वर्षपछि सन् २०१४ मा आपसी समझदारीमा उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए। उनीहरुका दुई सन्तान ऋधन र ऋहन छन्।
सम्बन्ध विच्छेद पछि पनि यो जोडी प्रायजसो सँगै देखिदै आएका छन्। आफ्नो सन्तानको खुशीका लागि विभिन्न समारोहमा सँगै देखिदै आएका उनीहरुले सम्बन्ध विच्छेद गरेको चार वर्षपछि पछि पुनर्मिलन हुने कुराले अहिले संचारमाध्यममा स्थान पाएको छ। अहिले ऋतिक र सुजैन ‘सुपर ३०’ फिल्म निर्माणका लागि जुटेका छन्। उक्त फिल्मको रिलिज आउँदो जनवरीमा हुने बताइएको छ।
ऋतिक र सुजैनको मिलको समाचारले उनीहरुका फ्यानमा खुसीको संचार छाएको छ । सामाजिक संजालहरुमा कतिपयले उनीहरुको मिलनको कामनासमेत गरिरहेका छन्। केही समय अघि नायक ऋतिक रोसन र नायिका कंगनाको सम्बन्धका बारेमा विवाद आएपनि सुजैनले आफ्ना पूर्व प्रेमीलाई पूर्ण समर्थन गरेकी थिइन्। दुवैजनाको एकअर्काको परिवारसँग राम्रो सम्बन्ध रहेको बताइएको छ।