होटल र रेस्टुराँमा ‘रामकहानी’ को वाइफाइ
दर्शकसँग प्रत्यक्ष रुपमा जोडिन अचेल फिल्ममेकर्सले अनेकौं प्रचार शैली अपनाउँदै आएका छन् । भाद्र २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्म ‘रामकहानी’ ले पनि फरक प्रचार शैलीको सुरुवात गरेको छ ।
अहिले हाइफाइयुक्त संसार छ । त्यसैले वाइफाइको जमाना आएको छ । वाइफाइ नभएको अड्डाअदालत, संघसंस्था र घर नहुने कोही छैनन् । ‘रामकहानी’ ले आफ्नो प्रचारमा वाइफाइलाई अस्त्र बनाएको छ ।
तपाई, राजधानीका केहि रेस्टुराँ र होटल जाँदै हुनुहुन्छ भने अब आफ्नो मोवाइलमा वाइफाइ कनेक्ट गर्न यूजर नेम र पासवर्ड माग्दा ‘रामकहानी’ पाउनुहुनेछ ।
निर्देशक सुदर्शन थापाले रेस्टुराँ र होटल पुग्ने ग्राहकले पासवर्ड माग्दा वेटरले ‘रामकहानी’ दिने बताए । यसले, दर्शकलाई फिल्मको बिषयमा कौतुहलता हुने उनको विश्वास छ ।
पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र अहिले चर्चामा छ । चलचित्रको ट्रेलर साउनको १७ गते सार्वजनिक हुने निर्माणपक्षले जनाएको छ ।