मुसहरलाई सम्मान गर्दे निखिल उप्रेतीले भने-‘म पनि भैँसी चराएर यहाँसम्म आएको हुँ’
जनकपुरधाम : नेपालमै सबैभन्दा गरिब तथा पिछिडिएका एवं महादलितको रुपमा चिनिएका मुसहर समुदायका २ सय ८७ विद्यार्थीहरुलाई जनकपुरमा सम्मान गरिएको छ । नेपाली रजतपटका चर्चित अभिनेता निखिल उप्रेतीले विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन् ।
‘भोर’ संस्थाको आयोजना तथा नेपाल राष्ट्रिय मुसहर संघ एवंम् नेपाल ऋिषिवंश जनकल्यान संघको सहकार्यमा आयोजित कार्यक्रममा मुसहर समुदायका एसईई उतीर्ण लगायत मास्टर डिग्रीसम्मका सम्मका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गर्दै अभिनेता उप्रेतीले मुसहर समुदमयका विद्यार्थीहरुलाई जातपातको अधारमा आत्मबल कमजोर नबनाउन आग्रह गरे ।
उनले आफु गरीब परिबारकै व्यक्ति भएको र भैँसी चराउँदै संघर्ष गरेर नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेतासम्म बन्न सफल भएको उदाहरण दिए । जातपातमा नलागि शिक्षा आर्जन गरेर व्यवहार सुन्दर बनाए जोसुकै व्यक्ति पनि आफ्नो गन्तव्य सम्म पुग्न सफल हुने अभिनेता उप्रेतीको भनाई छ । गरिब भएर सक्षम बन्नुको अनुभूति छुट्टै हुने गरेको बताउँदै अभिनेता उप्रेतिले आफु जुनसुकै बला पनि मुसहर समुदायका विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा १ सय ६६ जना एसइई उत्तिर्र्ण, ९३ जना कक्षा १२ का परिक्षार्थि, २१ जना स्नात्तक, ७ जना स्नात्तकोउत्तर र १ जना एमबिबिएस अध्ययनरत्त मुसहर समुदायका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । मोरङ्का १२ जना, सुनसरीका, ३ जना, सप्तरीका ८ जना, झापाका ५ जना, सर्लाहीका ४ जना, उदयपुरका ६ जना लगायत १ सय ६६ एसइई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सांसद तथा जनकपुरमा प्रसिद्ध सरसफाई अभियान्ताको रुपमा चिनिएका पुर्व पत्रकार रामअशिष यादवको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता भने मुसहर अभियानी सिया सदाले गरेका थिए ।
यद्यपी, कार्यक्रमको संयोजन तथा प्रस्तूत कर्ताकाको रुपमा ‘भोर’ का अध्यक्ष राजकुमार महतो देखिएका थिए । लामो समय सेभ द चिल्ड्रेनमा कार्यरत रहेका महतो पछिल्लो समय भोर नाम संस्थाको स्थापना गरी मुसहर जातीको उथ्थान, बाल विवाह उन्मुलन, पैतृक सम्पतीमा छोरीलाई पनि बराबर अधिकार लगायतबारे बहस पैरवी गर्नेगरेका छन् ।