पाकिस्तानी चुनाव : पूर्वक्रिकेटर इमरान खानको पार्टीलाई अग्रता
बुधबार सम्पन्न पाकिस्तानी आमनिर्वाचनको मतगणना मतगणना शुरु भएको छ । प्रारम्भिक रुझानमा पूर्वक्रिकेटर इमरान खानले नेतृत्व गरेको पीटीआईले अग्रता लिएको छ ।
पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएअनुसार ४७ प्रतिशत मतगणना हुँदा खान नेतृत्वको पाकिस्तान तेहरिक–ए–इन्साफले ११३ स्थानमा अग्रता बनाएको छ । पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एन कमजोर देखिएको छ । प्रारम्भिक परिणाममा ६४ सिटमा मात्रै उसका उम्मेदवार अगाडि छन् ।
पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एनले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । चुनावमो धाँधली भएको उसको आरोप छ । पीपीएले ४३, एमक्यूएमले ५ र एमएमएले ९ स्थानमा अग्रता लिएको छ । औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेको बीबीसीले लखेको छ ।