Logo
९ मंसिर २०८१, आईतबार
(July 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनरत अटो चालक र महानगरबीच पाँचबुँदे सहमति

चितवन ९ साउन : आन्दोलनरत अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ ।भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो । भीड नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भए ।

महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि आन्दोलन भएको थियो । साँझ भएको वार्तामा गोली लागेर घाइते भएका महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासन कार्यालयले गर्ने सहमति भएको छ । सहमतिअनुसार भरतपुर महानगरको राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा गुड्न पाउने छैनन् ।

वारपार गर्ने १८ वटा बिन्दु बाहेक महानगरको राजमार्गमा अटो रिक्सा र ट्याम्पो नगुडाउने सहमति भएको हो ।सहमतिसागै अटो तथा रिक्सा चालकहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । सहमतिलाई कार्यान्वयन गर्न उपमेयर पार्वती शाहको संयोजकत्वमा समिति गठन गरिएको महानगरका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: Jul 26, 2018

प्रतिक्रिया दिनुहोस्