Logo
३ मंसिर २०८१, सोमबार
(July 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले रसुवामा प्रहरी पोष्ट र होटल पुरिए, ४ जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं, १० साउन : लगातारको वर्षापछि आएको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ ।

पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँदा अहिलेसम्म ४ जनाकाे ज्यान गएकाे र ११ जना सम्पर्कविहिन भएकाे बताए ।
टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ

उनका अनुसार पहिराेमा ज्यान गुमाएका र हराइरहेकाहरूकाे पहिचना खुलेकाे छैन ।  बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने प्रजिअ पौडेलकाे अनुमान छ ।

पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रजिअ पौडेलले जानकारी दिए । अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको उनलेे बताए ।

प्रकाशित मिति: Jul 26, 2018

प्रतिक्रिया दिनुहोस्