Logo
१४ मंसिर २०८१, शुक्रबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमा समूहद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माण

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–७ मा स्थापित गोदाबरी आमा समूहले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको छ ।

नगरपालिकाको रु ११ लाख र स्थानीयवासीको रु दुई लाखभन्दा बढीको जनश्रमदान जुटाइ सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवन निर्माण भएपछि कामकाज गर्न सहज भएको आमा समूहले जनाएको छ ।

यसअघि भवन नहुँदा उनीहरूले विद्यालयको कक्षाकोठा, खुला चउर तथा स्थानीयवासीको घरमा आफ्नो नियमित कामकाज गर्दै आएका थिए । आयआर्जनका विभिन्न काम गर्दै आएका उक्त समूहमा आवद्ध महिलाले पछिल्लो समय व्यावसायिक तरकारी खेती पनि गर्न थालेका छन् ।

उक्त खेतीका लागि नगरपालिकाले टनेल, प्राविधिक सहयोग, बीउ बिजनसहित रु एक लाख बराबरको सहयोग उपलब्ध गराएको छ । सो सहयोगबाट तरकारी खेतीमा आवद्ध ३२ सदस्य लाभान्वित भएका छन् ।

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्