Logo
१० मंसिर २०८१, सोमबार
(July 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत चोरबाट ५ लाखभन्दा बढी जरिवाना असुली

दोलखा, ३२ असार :  विद्युत प्राधिकरण दोलखाले चालु आर्थिक वर्ष विद्युत चोरी गरी बाल्ने ३४ जनालाई कारबाही गरेको छ ।

नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले चालु आर्थिक वर्ष २०७४÷०७५ मा ३४ जनालाई कारबाही गरी २८ हजार ५ सय २६ यूनिट बराबरको ५ लाख ८७ हजार ७ सय ३८ रुपैयाँ असुल गरेको हो ।

त्यसैगरी विद्युत चोरी गर्दा प्रयोग भएका ४२ थान उपकरण जफत गरिएको छ भने ८८ वटा हुकिङ हटाइएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका सूचना अधिकारी इञ्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै चालु आर्थिक वर्ष ५ सय १२ ग्राहकको विद्युत लाइन काटिएको छ । लाइन काटिएकामा ४ सय १७ ग्राहकबाट एक करोड २३ लाख ३७ हजार ६ सय ४८ रुपैयाँ असुल गरिएको छ ।

प्रकाशित मिति: Jul 16, 2018

प्रतिक्रिया दिनुहोस्