डा. केसीसँग वार्ता गर्न सरकार तयार : शिक्षा र स्वास्थ्यमन्त्री आफैले वार्ता गर्ने
काठमाडौं, ३२ असार : अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले आफ्नो तर्फबाट वार्ता टोली गठन गर्ने तयारी गरेको छ ।
डाक्टर केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठन भएको अनौपचारिक वार्ता टोलीका सदस्य डाक्टर अभिषेक प्रताप सिंहका अनुसार सरकारले पनि आजै वार्ता टोली गठन गर्ने भएको छ ।
उनका अनुसार शिक्षा र स्वास्थ्यमन्त्री आफै उक्त वार्ता टोलीमा हुनेछन् । उनका अनुसार सरकारले डा. केसिको अन्तिम आन्दोलन हुनेगरिको वार्ता गर्ने आश्वासन दिएको छ ।