काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन,माग पूरा गर अनसन तोड्छु : गोविन्द केसी
काठमाडौं : १६ दिनदेखि जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीले आफ्नो स्वास्थ्यको चिन्ता नलिन सरकारलाई आग्रह गरेका छन् ।
डाक्टर केसीले भने, मेरो स्वास्थ्यको चिन्ता नलिनुस् । मलाई उठाएर काठमाडौं लैजाने होइन’ ‘म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ । उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु ।’
डाक्टर केसीको सम्बोधन अडियोमार्फत् शनिबार बानेश्वरबाट हजारौं समर्थकको माझ सुनाइएको थियो ।