Logo
१३ मंसिर २०८१, बिहीबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपन्न परिवारका लागि ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु

बनियानी : झापाको कनकाई नगरपालिकाका विपन्न १५ परिवारका लागि घर निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको ‘प्रमुख आवास कार्यक्रम’ अन्तर्गत कनकाई– ७ रेडक्रस टोलका १५ विपन्न परिवारका लागि रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु भएको हो ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमका बीच घर निर्माण कार्यको शिलान्यास गरेका छन् । प्रमुख आवास कार्यक्रम अन्तर्गत कनकाई नगरपालिकाको रू २५ लाख, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रू १४ लाख र नगरप्रमुख पोखरेलको व्यक्तिगत रू दुई लाख गरी रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु गरिएको हो ।

नगर क्षेत्रमा २०५० साल अघिदेखि बसोवास गर्दै घरबारविहीनलाई प्रमुख आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी प्रदान गरिने नगरप्रमुख पोखरेलले बताए। उनले भने, ‘नगरपालिकाको नौ वटै वडामा त्यस्ता परिवारको पहिचान गर्न प्रतिनिधि खटाइएको छ ।’ यो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ मा समेत नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ । यो कार्यक्रममा सहयोग गर्न चाहने अन्य सामाजिक संघसंस्थालाई पनि सहभागी गराइने र नगरभित्र सुकुम्बासी र घरवारविहीन रहेसम्म कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

यो वर्ष कनकाई– ७ मा तीन कठ्ठा जमिनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडाध्यक्ष लीला कन्दङ्वाले बताएका छन् ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्