Logo
३ मंसिर २०८१, सोमबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा टिपर चलाउन प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडौँ, २७ असार : टिपरको ठक्करबाट दिनानुदिन मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको छ ।

बुधबार गृहमन्त्रालयले राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७४ को जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ ।

मंगलबार मात्रै जडीबुटीमा टिपरको ठक्करले झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको मृत्यु भएको थियो । उक्त स्थानमा जेठ तीसमा पनि टिपरको ठक्करबाट स्कुटरम रहेकी अस्मिता राजभण्डारीको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्