Logo
३ मंसिर २०८१, सोमबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लामा अनशनरत डा. केसीको समर्थनमा भरतपुरमा चिकित्सकहरूको प्रदर्शन

चितवन, २ असार २ : जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबार बिहान भरतपुर अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघ चितवन शाखाको आह्वानमा उनीहरूले बिहान १० बजेदेखि १५ मिनेटसम्म प्रदर्शन गरे ।

केसीका माग परा गराउन र उनको जीवन रक्षाका लाग यस्तो प्रदर्शन दिन दिनै गर्ने सचिव डा।भोजराज अधिकारीले जानकारी दिए । संघका केन्द्रीय सदस्य डा. कृष्ण पौडेलले केसीको माग पुरा भए सर्वसाधरण नेपालीको हित हुने र चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउने बताए ।

सरकारले ल्याएको विधेयकले चिकित्सा क्षेत्रलाई अव्यवस्थित बनाउने उनको भनाइ थियो । सरकारले केसीका माग नसुने संघले कडा आन्दोलन गर्ने उनले बताए ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्