Logo
३ मंसिर २०८१, सोमबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारलाई औकात छैन, केन्द्रका कारण बाढी पीडितको उद्दार गर्न सकिएन : मन्त्री राय

काठमाण्डौ, १९ असार : प्रदेश नम्बर दुईका उद्योग एंव पर्यटन मन्त्री रामनरेश रायले चुरे क्षेत्रको विनाशका कारण तराई-मधेशमा बाढीको प्रकोप बढ्दै गएको बताएका छन् । हिजोदेखि परेको अविरल वर्षाका कारण तराई क्षेत्रमा बाढी र पहाडमा पहिरोको प्रकोप बढ्दै गएको छ । बाढी पहिरोका कारण करिब एक दर्जन नागरिकको ज्यान गइसकेको छ ।

मन्त्री रायले मधेश क्षेत्र बाढीका कारण आक्रान्त भएको बताए । नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा बोल्दै रायले भने, “अहिले मधेश डुबानमा परेको छ । खेतियोग्य जमिनमा बालुवा भरिएको छ ।”

तपाई मन्त्री भएर समस्या मात्रै भन्ने कि समाधान पनि गर्ने भन्ने धमलाको प्रश्नमा मन्त्री रायले आफूसँग जादुको छडी नभएको भन्दै प्रदेश सरकारलाई काम गर्ने अधिकार नै नदिइएको अरोप लगाए ।

“सरकारले औकात अनुसार काम गरिरहेको छ । संघीय सरकारले जुन अधिकार दिएको छ, त्यसअनुसार काम गरिरहेका छौँ ।” रायले भने । संघीय सरकारले प्रदेश नम्बर २ लाई बजेट विनियोजन गर्दा पनि भेदभाव गरेको उनको आरोप छ ।

 

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्