Logo
१ मंसिर २०८१, शनिबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ॐ उच्चारणले दिन्छ यस्ता रोगबाट मुक्ति

एजेन्सी : ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुादैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिदैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ ।

ॐ तीन अक्षर अ, उ र म मिलेर बनेको छ । अ को अर्थ हुन्छ उत्पन्न हुनु, उ को अर्थ हुन्छ उठ्नु वा विकास हुनु र म को अर्थ हुन्छ मौन हुनु वा ब्रह्मलीन हुनु । यस्तै ॐ ले इलेक्ट्रोन, प्रोटोन र न्युट्रनलाई समेत बुझाउछ ।

यसैगरी ॐ ले हिन्दू धर्मका त्रिदेव ब्रह्मा, विष्णु र शिव तथा त्रिदेवी सरस्वती, लक्ष्मी र पार्वतीलाई समेत बुझाउाछ । ॐ का यसबाहेक पनि थुप्रै अर्थ छन् । अर्थ जे भए पनि के बुझ्नु जरूरी छ भने ॐ को नियमित जप गर्नाले अनेकौं शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ ।

थाइराइडको समस्या छ भने ॐ को उच्चारण गर्नु लाभदायक हुन्छ । ॐ उच्चारण गर्दा घााटीमा कम्पन पैदा हुन्छ जुन कम्पनले थाइराइड ग्रन्थिमा सकारात्मक प्रभाव पार्छ र समस्या हटाउन मद्दत गर्छ । ॐ को उच्चारणबाट स्वरयन्त्र तथा घाटीको मांसपेशी मजबुत हुन्छ । बढ्दो उमेरमा यो थप फाइदाजनक हुन्छ, नियमित अभ्यास गरिहेर्दा यसको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।

त्यसपछि बिस्तारै लामो श्वास लिनुपर्छ । पूरा श्वास लिएपछि श्वास छोड्दा ॐ को लामो उच्चारण गर्नुपर्छ ।यस्तो प्रक्रिया पटक–पटक दोहोर्‍याउनुपर्छ । यसैलाई नै प्राणायाम भनिन्छ ।आफ्नो समयअनुसार यो प्राणायाम गर्न सकिन्छ । परिस्थितिअनुसार कम्तीमा पाँच मिनेट यस्तो प्राणायाम गर्दा हुन्छ । प्राणायामको समय जति लम्ब्यायो, शरीरलाई त्यति नै बढी फाइदा पुग्छ ।

फाइदा

यस्तो प्राणायामले सबै प्रकृतिका मानसिक समस्यालाई समाधान गर्छ ।
यसले एकाग्रता र स्मरण शक्ति वृद्धि गर्छ ।
शरीरमा स्फूर्ति बढाई थकान दूर गर्ने काम गर्छ ।
उच्च रक्तचापका बिरामीले यस्तो प्राणायाम गर्दा स्वास्थ्यमा आराम मिल्छ ।
ॐ को नियमित उच्चारणले पाचन प्रणाली बलियो बनाउाछ ।

ॐ को नित्य उच्चारण गर्दा शरीरमा सदैव युवावस्थाको जस्तो स्फूर्ति आइरहन्छ ।

थकान हटाउनका लागि ॐ को उच्चारण गर्नुजस्तो सहज एवं प्रभावकारी उपाय अर्को छैन ।

अनिद्राको समस्या छ भने सुत्नुअघि केहीबेर ॐ को उच्चारण गर्नु प्रभावकारी उपाय हुनसक्छ । तसर्थ ओछ्यानमा ग्एपछि ॐ को उच्चारण गर्नुपर्छ ।

ॐ को नियमित उच्चारण गर्दा फोक्सो स्वस्थ रहन्छ ।

सुखासन वा पद्मासनमा सीधा बसेर ॐ को उच्चारण गर्दा हुने कम्पनले मेरूदण्डको हड्डी मजबुत बनाउाछ ।

ॐ को नियमित उच्चारण गर्दा तौल नियन्त्रित हुन्छ

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्