राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक बहुमतले स्वीकृत
काठमाडौँ : प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको बिहिबारकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसअअघिको छलफलमा भाग लिँदै सांसद पे्रम सुवालले प्रजातन्त्रमा संसद चलेका बेला निर्वाचन सम्बन्धी विधेयकलाई अध्यादेशका नल्याउन प्रतिबद्धता जनाउनु पर्ने बताएका छन् ।
उनले राष्ट्रिय सभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।