Logo
१ मंसिर २०८१, शनिबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीद परिवारलाई ५० लाख दिने कुरा बजेटमा आएन

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता तथा प्रदेश २ प्रदेशसभा सदस्य डा. डिम्पल कुमारी झाले प्रदेश २ सरकारको बजेटमा केही त्रुटिहरू रहेपनि समग्रमा सन्तोषजनक नै रहेको बताएकी छन् । उनले आफू सत्ताधारी दलको सांसद भएको नाताले बजेटको विरोध गर्न त नमिल्ने तर समग्रमा सन्तोषजनक नै रहेको प्रतिक्रिया दिएकी छन् ।

उनले बजेटप्रति असन्तुष्टिहरू रहेपनि ती सबै असन्तुष्टिहरू सम्बोधन हुने बताइन् । आइतबार मधेशवाणी रेडियो कार्यक्रमको अन्तर्वार्तामा राजपाकी प्रवक्तासमेत रहेकी डा. झाले भनिन्, ‘नेपालमा अहिले जुन संघीयता कार्यान्वयन हुँदैछ त्यसको मुख्य श्रेय मधेश आन्दोलनलाई नै जान्छ ।

मधेश आन्दोलनकै कारण आज मुलुकमा संघीयता आएको हो ।’ उनले भनिन्, ‘संघीयता हाम्रो माग थियो, जुन आज कार्यान्वयन हुँदैछ । त्यसैले बजेटमा छुटेका कुराहरूको विरोध गर्नुभन्दा पनि आपसमा छलफल गरेर आगामी दिनमा सम्बोधन गर्नुपर्छ ।’

उनले मधेश आन्दोलनका बेला मधेशकेन्द्रित दलहरूले गरेको वाचा पनि बजेटमा समावेश नभएको जिकिर गरिन् । मधेश आन्दोलनका शहीद परिवारलाई प्रादेशिक सरकारमार्फत् ५० लाख दिइने कुरा पनि बजेटमा नरहेकोले यसबारे छलफल हुने बताइन् ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्