Logo
९ मंसिर २०८१, आईतबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ मुग्लिन सडकखण्डमा ढुंगा खसेर ट्रकमा लाग्दा चालकको मृत्यु

चितवन : नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् ।

ढुंगा ट्रकको चालकतर्फ झरेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । वर्षात्सँगै पछिल्लो समयमा सो सडकमा पहिरो र ढुंगा खस्ने समस्या आएको छ ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्