Logo
२ मंसिर २०८१, आईतबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गल्ती ठहरिए मेरै घरबेटीलाई पनि कारबाही हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती ठहर भएमा आफ्नै घरबेटीमाथि पनि राज्यले बारबाही गर्नुपर्ने बताएका छन् । समयमै काम पूरा नगर्ने ठेकेदार निर्माण व्यवसायी प्रति गृह मन्त्रालयले कारबाही गर्ने बताइरहेका बेला प्रचण्ड भाडामा बस्दै आएका घरका मालिक समेत चर्चामा आएका छन् ।

मंगलबार विहान गृहजिल्ला चितवन पुगेका प्रचण्डसामु भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा ‘ठेक्का लिएर समयमै काम सम्पन्न नगरेकोमा तपाईंकै घरबेटीमाथि पनि कारबाही हुने चर्चा छ नि भनी सोधिएको प्रश्नमा प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘को कसको घरबेटी भन्ने चर्चा गर्न आवश्यक नै छैन, ठेकेदारहरूले समयमै काम सम्पन्न गर्नुपर्छ, नगरे कारबाही हुन्छ नै । म बस्दै आएको घरको मान्छेले पनि गल्ती गरेको ठहर भएमा राज्यद्वारा कारबाही हुनुपर्छ ।’

तर गल्ती नगरेको भए प्रोत्साहित हुनुपर्नेमा समेत उनले जोड दिए । ठेक्कामा कसैले लापरबाही गर्न नहुने भन्दै प्रचण्डले भने, ‘सरकार कडा रूपमा यसविरूद्ध जानुपर्छ भन्ने कुरामा कसैको पनि विमति छैन ।’

शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीले भक्तपुर र काठमाडौंमा सडक आयोजना ओगटेर बसेको र बेलैमा काम सम्पन्न नगरेको आरोप लाग्ने गरेको छ । उनको नाम गृह मन्त्रालयमा समेत पठाइएको बताइन्छ । अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको अचानक देहान्त भएपछि लाजिम्पाटस्थित भाडाको घर छोडेर खुमलटारस्थित शारदाप्रसाद अधिकारकै घरमा बस्दै आएका छन्।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्