Logo
१३ मंसिर २०८१, बिहीबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीनजना प्रहरीको हिरासतमा

धनकुटा : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित धनकुटामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धनकुटामा पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार २६ गते लागुऔषध ब्राउन सुगरको ओसारपसार भइरहेको जानकारी पाएपछि धनकुटा नगरपालिका–१ हिलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।

पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–१ कुवापानीका २५ वर्षीय सुमन तामाङ, वडा नं ५ का २६ वर्षीय निश्चल तिवारी र वडा नं ७ का २४ वर्षीया केनेडी राई रहेका छन् । प्रहरीले उनीहरुका साथबाट नगद छ हजार २०० सहित चार ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

लागुऔषध ओसारपसारमा प्रयोग भइरहेको को।२४प ६३६८ नं मोटरसाइकल तीन थान मोबाइल सेटसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई लागुऔषध ऐनअन्तर्गत जिल्ला अदालत धनकुटाबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक गुरुङले बताए ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्