सेवामा सुधार नगरेपछि जनकपुर अञ्चल अस्पतालका मेसुलाई मोसो
जनकपुरधाम, २७ जेठ : जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले कालोमोसो दलेका छन् । जनकपुर अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले सर्वसाधारणको ज्यान गइरहेको भन्दै सेवा सुधारका लागि नयाँ शक्ति नेपाल, तरुणदल, नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समुह आईतवार दिउँसो अढाईबजे तिर मेसु यादवलाई ज्ञापन पत्र बुझाउन गएका थिए ।
सोहि क्रममा मेसु यादव युवाहरुको समुहलाई आफ्नो केहि बाउन्सर बोलाएर हप्काएपछि आक्रोसित युवाहरुले त्यहि रहेको मसीले मेसु यादवको जिउमा खन्याएर कालोमोसो गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटना पश्चात केहि युवहरु पक्राउ पनि परेका छन् ।
कालोमोसो दलेको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ समेत गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी प्रहरीले घटनाको अनुसन्धान थालेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । दुई दिन अघि मात्र जनकपुर अञ्चल अस्पतालमा सुत्केरी हुन पुगेकी जनकपुर उपमहानगरपालिका १ पुलचोक बस्ने २५ वर्षकी सोनिया ठाकुरको चिकित्सकको लापरवाहीले ज्यान गएको थियो ।
घटना पश्चत छानविनको लागि डा.रामनरेश पण्डितको संयोजकत्वमा ११ सदस्य छानविन टोली गठन भएपछि पीडित परीवारले शव उठाएका थिए । त्यस अघि पनि जनकपुर अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले विरामीको ज्यान गएको घटनाहरु घटेका छन् । युवाहरुले मेसु यादवलाई बुझाउन गएको ज्ञापन पत्र यस्तो थियो ।
युवाहरुले मेसु यादवलाई बुझाउन गएको ज्ञापन पत्र यस्तो थियो :