Logo
१३ मंसिर २०८१, बिहीबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्यधिक गर्मीले महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

महोत्तरी, २७ जेठ : पछिल्लो केही दिनयता तराई/मधेशमाबढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।आइतबार महोत्तरीमा १ जनाको अत्यधिक गर्मीका कारण ज्यान गएको छ भने दुईको अवस्था गम्भीर छ। त्यस्तै सिरहामा ५ जना बेहोस भएका छन्।

रोपाई गर्न खेतमा गएकी ४० वर्षीया सिकलदेवी सदाको मृत्यु भएको छ। उनलाई गौशाला प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनीसँगै खेत रोप्न गएका ६० वर्षीया सुन्दरदेवी सदा र ३० वर्षीया किसुनदेवी सदाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको छ।

खेतमा धान रोप्न एकै परिवारका ५ महिला पुगेका थिए। गर्मीले ३ जना विरामी भएपछि बाँकी २ महिलाले उनीहरुलाई अस्पताल पुर्याएका थिए। दुई महिलाको अवस्था भने सामान्य छ। आइतबार महोत्तरीमा तापक्रम ४२ डिग्रीभन्दा माथि रहेको छ।

यता सिरहाको चन्द्र माविमा अध्ययनरत ५ जना विद्यार्थी बेहोस भएका छन्। कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन्। अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ। विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ।

 

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्