Logo
२ मंसिर २०८१, आईतबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुधीर बस्नेतलाई पुनः गिरफ्तार गर्न पीडितले माग गरेपछि गृहमन्त्रीको चासो

काठमाडौं, २७ जेठ : ओरियण्टल सहकारीका सञ्चालक सुधीर बस्नेत जेलमुक्त भए पनि फेरि फन्दामा पर्ने भएका छन् ।
गृहमन्त्री स्यंवले बस्नेतबारे सोधीखोजी गर्न चासो ब्यक्त गरेपछि मन्त्रालयले बस्नेतबारे सोधखोज थालेको हो ।बस्नेतबाट ठगिएका पीडितहरुसँग गृहमन्त्रालयमा भएको भेटमा मन्त्री थापाले सुधीर बस्नेतको ठगी भन्दाबारे चासोका साथ सोधीखोजी गरेका हुन् ।

शुक्रबार गृहमन्त्री थापालाई भेटेर फर्केका एक सहकारी पीडितले दिएको जानकारी अनुसार बस्नेतको धन्दाबारे मन्त्री थापाले ध्यानपूर्वक उनीहरुसँग सोधेका थिए । बस्नेतबाट पीडित निक्षेपकर्ताहरुले बस्नेत देशकै ठूलो अपराधी भएकाले उनलाई पुनः पक्राउ गर्न गृहमन्त्री थापासँग माग गरेका छन् । ‘म अन्यायमा परेकाहरुलाई न्याय दिनका लागि नै यो कुर्सीमा बसेको हुँ, गृहमन्त्री थापाले पीडितहरुलाई भने, ‘तपाईरुमाथि अन्याय परेको रहेछ, म यसबारेमा बुझ्छु ।’

विगत ६ वर्षदेखि ठगी धन्दा गर्दै आएका बस्नेतलाई देशको कुनै पनि कानुनले सजायँ दिन नसकेको र आफूहरुले गणतन्त्र आएको महसुस गर्न नसकेको पीडितहरुले गृहमन्त्रीसँग गुनासो पोखेका छन् । पीडितले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘जेल सजायँ भोगिरहेका बस्नेतलाई अचानक धरौटीमा रिहा गरिएको खबर विभिन्न पत्रपत्रिकाबाट सुन्दा हामी चकित भएका छौं ।

यसरी नै अपराधीहरुलाई रिहा गर्ने हो भने अपराधी घोषणा गरेर कारावास सजायँ दिनुको के औचित्य रह्यो ?’ ज्ञापनपत्रमा अगाडि भनिएको छ,‘ ‘राष्ट्रिय स्तरमै ठूलो आर्थिक घोटाला गर्ने सुधिर वस्नेतलाई पक्राउ गरी आवश्यक कारवाही गर्दै हाम्रो निक्षेप रकम फिर्ताका लागि पहल गरियोस् ।’

सहकारी ऐन ०४८ अन्तर्गत ०५३ सालमा स्वीकृति प्राप्त २३६ नम्बरमा दर्ता भएको बस्नेतको ओरियण्टल सहकारीले देशका प्रमुख शहरहरुमा १३ वटा शाखासमेत विस्तार गरेको थियो । काठमाण्डौंको मैतीदेवीमा प्रधान कार्यालय रहेको बस्नेतको सहकारीले ०६९ साल भदौदेखि ११ हजारभन्दा बढी वचत तथा निक्षेपकर्ताहरुबाट उठाएको ४ अर्ब रुपैयाँको साँवा–व्याज फिर्ता दिन नसकेपछि उनी जेल परेका थिए ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्