Logo
३० कार्तिक २०८१, शुक्रबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले प्रदेश नं. १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

विराटनगर, २४ जेठ (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २६ गते प्रदेश नं १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्नु हुनेभएको छ ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्री ओली प्रदेशसभाको जारी अधिवेशनलाई यही जेठ २६ गते सम्बोधन गर्ने जानकारी दिनुभयो । प्रदेश सरकार अहिले नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छन् ।

यसअघि पूर्वबजेट छलफलका लागि प्रदेशसभाको बैठक तीन दिन बसेको थियो । प्रदेशसभाको अर्को बैठक शुक्रबार बस्दैछ ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्