Logo
३० कार्तिक २०८१, शुक्रबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रवार बस्ने भनिएको राजपा राजनीतिक समितिको बैठक स्थगित

काठमाडौं, २४ जेठ : राष्ट्रिय जनता पार्टी नेपालको भोली शुक्रवार भनिएको राजनीतिक समितिको बैठक नहुने भएको छ । भोलीको बैठकका लागि राजपाले सबै तयारी पुरा गरेको थियो ।

आज राजपाले जारी गरेको विज्ञप्तीको प्रतिकृयापछि मात्र कुनै निर्णय गर्ने गरि बैठक स्थगित भएको बताईएको छ । आउँदो अषाढ ४ गते १ बजे बस्नेगरि अर्को तयारी गरिइएको बताइएको छ ।

बैठकले केन्द्रिय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने तयारी गरेको थियो । तर आज मात्रै फोरम नेपालको विज्ञप्ती लगतै राजपाले जारी गरेको विज्ञप्तीको प्रतिकृया के आउनेछ ? त्यसको पर्खाई उद्देश्य सहित राजपाले यस्तो निर्णय लिएको श्रोतको दावी छ ।

वर्तमान सरकारले मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको पनि राजपाको आरोप छ । उक्त कुरा पनि सो बैठकमा उठाउने तयारी राजपाको थियो ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्