वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा आगलागी हुँदा करिब चार करोडको क्षति
वीरगंज : वीरगञ्जको सिर्सियास्थित बुधबार राति करिब पौने ११ बजे सुख्खा बन्दरगाहमा कन्टेनर ओसार्ने मेशिनमा आगलागी हुँदा करिब चार करोड मूल्य बराबरको क्षति भएको छ । सुख्खा बन्दरगाहको एनसी ०२० ०१४९ नम्बरको रिटेस्टेकर मेशिनमा सटसर्किट भएर आगलागी भएको हिमालयन ट्रमिनलका सिइओ विष्णु कान्त चौधरी बताए ।
हाईवे रोडलाइन प्राली लेखिएकोे रिटेस्टेकरको मेशिनमा सटसर्किट भएर आगलागी भएको हिमालयन ट्रमिनलका सिइओ चौधरी बताए ।आगो नियन्त्रणमा नआएपछि वीरगञ्ज महानगरपालिका र पोखरीयाबाट गएको दमकलको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हिमालयन ट्रमिनलका सिइओ चौधरी जानकारी दिए ।
आगलागीमा परी भारत सीतामढी घर भई अपरेटरको काम गर्दै आएका ३१ वर्षीय सुशिल राउत सामान्य घाइते अपरेटर राउतको दायाँ हातमा घाउ भएको छ ।