Logo
२ मंसिर २०८१, आईतबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पचास हजार घुस सहित जिप्रका सर्लाहीका शाखा अधिकृत दास पक्राउ

रौटहट, २३ जेठ : घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई पक्राउ गरेको छ।

शाखा अधिकृत दास चढेको बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा पचास हजार रुपैयाँ फेला पारिएको अख्तियार टोलीको भनाई छ।

दासले सेवाग्राहीबाट पचास हजार रुपैयाँ लिएको अख्तियार टोलीको भनाई छ। दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले सर्लाही जिल्ला अदालत अगाडिको चोकबाट नियन्त्रणमा लिएको हो ।

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले सुरेश दास पक्राउ परेको पुष्टि गरे। अख्तियारको क्षेत्रिय कार्यालय हेटौंडाका निमित्त प्रमुख सन्तमणि आचार्यले सर्लाही अपरेशन सफल भएको र थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्