Logo
१३ मंसिर २०८१, बिहीबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करी काण्डमा ‘गोरे’का प्रमुख सहयोगी रामकुमार तिवारी पक्राउ

काठमाडौं २२ जेठ  : सुन तस्करी र सनम शाक्य हत्याका मुख्य प्रतिवादी चुडामणि उप्रेती गोरेका प्रमुख सहयोगी रामकुमार तिवारी पक्राउ परेका छन् ।

काभ्रेका स्थायी निवासी ४३ वर्षीय तिवारीलाई समितिका सदस्य भिष्म हुमागाईको नेतृत्वमा विमानस्थल पुगेको टोलीले नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाका अधिकारी र गोरेबीचको टेलिफोन सम्बादमा बारम्बार नाम लिएइका तिवारी दक्षिण कोरियाबाट फर्के लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

महाशाखाका डिएसपी प्रजित केसी र गोरेको टेलिफोन सम्बादमा तत्काल ५० लाख भुक्तानी दिने ब्यक्तिका रुपमा नाम लिएका तिवारी मे २१ मा कोरिया गएर मंगलबार फर्किएका थिए।

उनले गोरेले भने बमोजिम रकम महाशाखाका अधिकारीलाई दिए/नदिएको अनुसन्धान भइरहेका बेला तिवारी पक्राउ परेका हुन्।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्