पानीसंगै बिपि राजमार्गमा माथिबाट लेदो झर्दा चालकलाई सास्ती
काठमाडौँ : बिपि राजमार्गका विभिन्न ठाउँमा समस्या आउदा सवारी चालकहरुलाई समस्या परेको छ । काठमाडौँबाट पूर्व जाने र पूर्वबाट काठमाडौँ आउने गाडीलाई सास्ती भएको छ ।
राजमार्गका विभिन्न ठाउँमा पानी परेसँगै माथिबाट झरेको लेदोमाटोका कारण गाडी चलाउन समस्या भएको हो । राजमार्गका विभिन्न ठाउँमा लेदोमाटोले हिलाम्मे भएको छ ।
लेदो झरेको ठाउँबाट गाडी पास गराउन अप्ठ्यारो हुने र समय लाग्ने गरेकाले लामो जाम परेको छ । सोमबार राति तथा आइतबार बिहान परेको पानीका कारण बाटोमाथिबाट लेदो झरेको हो ।