Logo
१२ मंसिर २०८१, बुधबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन, २२ जेठ : नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाएपछि बिहान पौने दशबाट सडक दुईतर्फी खुलेको हो । १० बजेदेखि ४ बजेसम्म नियमित हुँदै आएको बन्द भने जाम खुलेर यातायात सहज भएपछि मात्रै गरिने चितवन प्रहरीले जनाएको छ ।

सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने तीन घण्टाभन्दा बढी समय लाग्ने देखिएको छ । चारकिलो भन्ने ठाउँमा पहिरो झरेपछि नारायणगढ-मुग्लिन सडक अबरुद्ध भएको थियो । नारायणगढ-मुग्लिन सडक बिस्तारको क्रममा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म यातायात बन्द गरिँदै आइएको छ ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्