कानूनीमा छुवाछूतको अन्त्य भए पनि व्यवहारमा अझै भएको छैन : तिमिल्सिना
बागलुङ, २१ जेठ : राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले छुवाछूत राष्ट्रिय कलकं भएकाे बताउनुभएको छ। “छुवाछूत अन्त्य गर्नका लागि चेतना अभिवृद्धी गर्नुपर्छ,” उहाँले भन्नुभयो, “त्याे चेतना छुवाछूत गर्नेर छुवाछूतबाट पीडित दुबैकाे चेतना अभिवृद्दि गर्नुपर्छ।”
जातीय भेदवाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसकाे अवसरमा भगत सर्वजित प्रतिस्ठानद्वारा वागलुङमा साेमबार अायाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष तिमिल्सिनाले कानूनी रूपमा छुवाछूतकाे अन्त्य भए पनि व्यवहारमा अझै अन्त हुन नसकेकाे बताउनुभयाे।
त्यस्तै उहाँले चेतना जगाएर मात्र भएन भने पनि कानूनमा कडा दण्डकाे व्यवस्था गरि कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयाे। उहाँले विद्यालयकाे पाठ्यक्रममा पनि छुवाछूत उन्मुलनका विषयहरू राखी चेतना जगाउनुपर्ने समेत बताउनुभयो । साे अवसरमा छुवाछूतविरुद्धकाे अभियान्त भगत सर्वजितकाे स्मारिकासमेत विमाेचन गरिएकाे थियाे।