प्रदेशको नामकरण बहुमतले होइन, सर्वसम्मतले राख्नुुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, २० जेठ : प्रधानमन्त्री केपी ओलीले प्रदेश १ को नामकरण सर्वसम्मत हुनुपर्ने बताएका छन् । ‘किरात प्रदेश’ नाम प्रस्ताव गरिएको किरात राई यायोक्खाको ज्ञापनपत्र बुझ्दै ओलीले सर्वसम्मत नाम राख्नुपर्ने धारणा राखेका हुन् ।
‘किरात भूगोल, सभ्यता हो, यसमा कुनै आपत्ति छैन,’ प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझेपछि ओलीले भने, ‘किरात भाषा, मुन्धुम मौलिक सामाजिक प्रबन्ध हुन् । यसको दर्शन, समाज हाम्रा हुन् । हामी सबैको हो । त्यसैले प्रदेश १ को नामकरण बहुमतले होइन, सर्वसम्मतले राख्नुुपर्छ । यो काम केन्द्रले होइन, प्रदेशसभाले सतर्कतासाथ गर्छ । यसमा प्रधानमन्त्री विवादमा मुछिनु हुन्न ।’
यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई नेतृत्व टोलीले आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।